December 22, 2024

एजेन्सी – बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। बिल्बाओमा शनिबार राति भएको खेलमा विजयी हुँदै बार्सिलोनाले महिला च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो।

शनिबार राति भएको फाइनलमा कीर्तिमानी आठ पटकको विजेता लियोनलाई बार्सिलोनाले पराजित गर्यो। बार्सिलोना लियोन विरुद्ध २-० को गोल अन्तरले विजयी भयो।

खेलमा भएका दुवै गोल दोस्रो हाफमा भएका थिए। बालोन डी’ओर विजेता आइताना बोनमाटीले दोस्रो हाफको ६३ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले अग्रता पाएको थियो।

इन्ज्युरी समयमा गोल थप्दै बार्सिलोनाले जित पक्का गर्यो। इन्ज्युरी समयको पाँचौं मिनेटमा एलेक्सा पतौलाले गरेकी थिइन्। प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोली लियोनले २०१९ र २०२२ को फाइनलमा बार्सिलोनालाई पराजित गरेको थियो।

क्याटालान पक्षले अन्ततः यो सिजन आफ्नो तेस्रो युरोपियन उपाधि उचाल्ने क्रममा लियोनसँग बदला लिए।

मेस्सीले दिए बधाई

बार्सिलोनाका पुरुष फुटबल टोलीका पूर्व कप्तान लियोनेल मेस्सीले महिला च्याम्पियन्स लिग जितेकोमा बधाई दिएका छन्। मेस्सीले सामाजिक संजाल मार्फत बधाई दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *