September 19, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पे स्पेन जाने अन्तिम तयारीमा छन्। पिएसजी छाड्ने निर्णय गरिसकेका उनी अब छिट्टै स्पेनिस क्लब रियल म्याड्रिड आवद्ध हुनेछन्।

पिएसजीको लामो बसाईको अन्त्य गरेसंगै अब उनी रियल म्याड्रिड पुग्नेछन्। उनी र रियल म्याड्रिड बीच एक प्रकारको सहमति बनिसकेको छ। दुई पक्ष बीच अब सम्झौता हुन मात्र बाँकी छ।

आगामी केहि साता भित्रै दुई पक्ष बीच सम्झौता हुने रिपोर्टहरु बाहिर आएका छन्। सम्झौता मात्र हुन बाँकी रहेको अवस्थामा केहि खेल मिडियाहरुले म्याड्रिडमा एम्बाप्पेले घर किनेको दावी गरेका छन्।

फ्रान्सेली आउटलेट ले पेरिसियनले गरेको दावी अनुसार एम्बाप्पेले हालसालै म्याड्रिडको ला फिन्कामा पूर्व लस ब्लान्कोस स्टार ग्यारेथ बेलको भिला किनेका छन्।

एम्बाप्पेलाई पिएसजीले १ सय ८० मिलियन युरोमा मोनाकोबाट खरिद गरेको थियो। पिएसजीबाट च्याम्पियन्स लिग जित्न नसकेपनि एम्बाप्पेले कयौं उपाधि जिते।

एम्बाप्पेले पिएसजीमा रहँदा १५ उपाधि जित्न सफल भए। पिएसजीका लागि उनले कुल ३ सय ८ खेल खेले। जसमा उनले २ सय ५६ गोल गर्दा १ सय ८ असिस्ट प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *