September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई ट्रान्सफर बजारमा नराम्रो झड्का लागेको छ। नयाँ सिजनका लागि टार्गेट बनाइएका खेलाडीले बार्सिलोना आवद्ध नहुने निर्णय गरेसंगै बार्सिलोनालाई झड्का लागेको हो।

बार्सिलोना टार्गेट जिरोना मिडफिल्डर एलेक्स गार्सियाले बार्सिलोना भन्दा पनि अर्कै क्लब रोजेका छन्। उनले बार्सिलोना भन्दा पनि बायर लेभरकुसेनमा सामेल हुने निर्णय गरेका छन्।

२६ वर्षीय खेलाडीले जिरोनाको ला लिगाको ऐतिहासिक अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए। जिरोनाका लागि १७२ खेलमा गार्सियाले आठ गोल र २१ सहयोग प्रदान गरेका छन्।

स्काई स्पोर्ट्सका फ्लोरियन प्लेटेनबर्गका अनुसार नयाँ बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुसेनले गार्सियासँग ‘मौखिक सम्झौता’ गरेको छ। उनले नयाँ सिजन जर्मन च्याम्पियनबाट खेल्ने पक्का भएको बताइएको छ।

म्यानचेस्टर सिटीका पूर्व युवा खेलाडी गार्सियाले आफ्नो क्लबलाई ला लिगामा तेस्रो स्थानमा ल्याउन र अर्को सिजनको च्याम्पियन्स लिगको समूह चरणमा स्थान सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

जिरोना र गार्सिया बीचको सम्झौतामा १५ मिलियन युरोको रिलिज क्लज रहेको बताइएको छ। लेभरकुसेन सो रकम तिर्न तयार भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *