December 23, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङ्घम सिजनको उत्कृष्ट लालिगा खेलाडी घोषित भएका छन्। लालिगाले बेलिङ्घमलाई सन् २०२३-२४ को सिजनको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।

सिजनको सुरुवात देखि अन्त्य सम्म उत्कृष्ट प्रदर्शन गरेका कारण उनले लालिगा प्लेयर अफ द सिजनको अवार्ड हात पारे। रियल आवद्ध हुनु भन्दा अगाडी उनी गत सिजन बुन्डेसलिगा प्लेयर अफ द सिजन अवार्ड जितेका थिए।

बोरुसिया डर्टमण्ड छाडेर रियल आवद्ध भएपछि उनले रियलका लागि निरन्तर उच्च प्रदर्शन गरे। उनले लालिगाको सन् २०२३-२४ को सिजनमा रियलका लागि कुल १९ गोल गरे।

उनले लालिगाका २८ खेलमा २९ गोल गरेका हुन्। साथै उनको नाममा ६ असिस्ट पनि रहे। यस्तै सबै प्रतियोगिताको कुरा गर्ने हो भने उनले ४१ खेलमा २३ गोल गर्दै १२ असिस्ट प्रदान गरे।

बेलिङ्घमले भिनिसियस, ला लिगाका शीर्ष गोलकर्ता डोभबिक र लेवान्डोस्कीसँग शिर्ष गोलकर्ता बन्न प्रतिस्पर्धा गरे। उनले रियल सोसिडाडका टेकफुसा कुबो, एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान, लास पाल्मासका किरियन रोड्रिग्ज, रियल बेटिसका इस्को, जिरोनाका एलेक्स गार्सिया र भिल्लारेलका अलेक्जेन्डर सोर्लोथलाई गोलको मामलामा पछि पारे।

उनले गत महिना ब्रेकथ्रु अफ द इयरको लागि लौरियस वर्ल्ड स्पोर्ट्स अवार्ड जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *