December 23, 2024

एजेन्सी – बिहिबार बिहान मेजर सकर लिग क्लब इन्टर मियामी एक्सनमा उत्रँदैछ। मियामीले बिहिबार बिहान घरेलु मैदानमा एटलान्टा युनाइटेडको सामना गर्नेछ।

मियामी र एटलान्टा युनाइटेड बीचको खेल मियामीको घरेलु मैदान चेज स्टेडियममा बिहिबार बिहान नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा सुरु हुनेछ।

मियामी बिहिबार बिहान सिजनको ११ औं जितको खोजिमा हुनेछ भने एटलान्टा युनाइटेड सिजनको चौंथो जित निकाल्ने योजनामा हुनेछ। मियामी अहिले मेजर सकर लिगको इस्टर्न कन्फरेन्स तर्फको शिर्ष स्थानमा छ भने एटलान्टा युनाइटेड १२ औं स्थानमा छ।

मियामीले यस सिजन १६ खेल खेल्दा १० खेलमा जित निकालेको छ भने २ खेलमा पराजय भोगेको छ। त्यस्तै ४ बराबरी सहित मियामीले ३४ अंक बटुलेको छ।

एटलान्टा युनाइटेडले भने यस सिजन १४ मध्ये ३ खेलमा जित निकालेको छ भने ७ खेलमा पराजित भएको छ। त्यस्तै ४ बराबरी सहित उसले १३ अंक बटुलेको छ।

मेस्सी खेल्ने सम्भावना कति ?

मियामीले पछिल्लो खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी, लुइस सुआरेज र सर्जियो बुस्केट्स जस्ता खेलाडीलाई मैदानमा उतारेको थिएन। तर बिहिबार भने पक्कै पनि तीनै खेलाडी मैदानमा उत्रिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *