December 23, 2024

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेले महत्वपूर्ण अवार्ड जितेका छन्। पिएसजी छाड्ने निर्णय गरिसकेका एम्बाप्पेले महत्वपूर्ण अवार्ड जितेका हुन्।

पिएसजीका लागि अन्तिम सिजन खेल्दै उच्च प्रदर्शन गरेका एम्बाप्पेले ग्लोब सकर युरोपियन प्लेयर अफ द एयरको अवार्ड जिते। अवार्ड जित्न उनले रियल म्याड्रिडका भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई पछि पारे।

ग्लोब सकर युरोपियन प्लेयर अफ द एयरको अवार्डका लागि एर्लिङ हालान्ड, फिल फोडेन, ह्यारी केन, रोड्रिगो, मोहम्मद सलाह, बर्नार्डो सिल्भा, सेहो गुइरासी, एन्टोइन ग्रिजम्यान र लाउटारो मार्टिनेज समेत मनोनित भएका थिए।

पिएसजीसँगको अन्तिम सिजनमा एम्बाप्पेले सानदार प्रदर्शन गरे। पिएसजीलाई च्याम्पियन्स लिग जिताउन नसकेपनि उनले पिएसजीसँग फ्रेन्च लिग वान र फ्रेन्च कप जस्ता उपाधि जिते।

एम्बाप्पेले पिएसजीका लागि यस सिजन कुल ४८ खेल खेले। जसमा उनले ४४ गोल गरे भने १० असिस्ट प्रदान गरे। पिएसजीको लामो बसाई टुंग्याएपछि अब सम्भवतः रियल तर्फ लाग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *