September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अक्सर आफू तत्काल सन्यास लिने सोचमा नरहेको बताउने गर्छन्। उनी आफू अझै केहि वर्ष उच्च स्तरमा खेल्न सक्ने दावी गर्छन्।

रोनाल्डोको खेलबाट पनि त्यस्तै प्रतित हुन्छ। रोनाल्डो ३९ वर्षको उमेरमा पनि निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डो यति बेला साउदी क्लब अल नासरमा छन्।

रोनाल्डोले साउदी प्रो लिगको सन् २०२३-२४ को सिजनमा अल नासरका लागि ३५ गोल गरे। जसपश्चात उनले गोल्डेन बुट मात्र जितेनन्, उनी साउदी प्रो लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने।

रोनाल्डो सन् २०२६ मा हुने विश्वकप सम्म नै उच्च लयमा खेल्न चाहन्छन्। किन भने उनले सन् २०२६ मा हुने विश्वकप खेल्न चाहन्छन्। सन् २०२६ को विश्वकपमा सहभागी भएर अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको एक रेकर्ड तोड्ने रोनाल्डोको योजना छ।

विश्वकपमा सबै भन्दा बढी खेल खेल्ने खेलाडीको रेकर्ड मेस्सीको नाममा छ। रोनाल्डोले मेस्सीको सो रेकर्ड माथि नजर लगाइरहेको बताइन्छ। मेस्सीले विश्वकपमा अहिले सम्म २६ खेल खेलेका छन्।

रोनाल्डो यस मामलामा मेस्सी भन्दा ४ खेलले पछि छन्। २२ खेल खेलेका रोनाल्डो आगामी विश्वकपमा सहभागी भएर उक्त रेकर्ड तोड्ने योजनामा देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *