September 19, 2024

एजेन्सी – सन् २०२३-२४ को सिजनको अन्तिम खेलका लागि साउदी क्लब अल नासर र अल हिलाल आज आमने-सामने हुँदैछन्। किङ कप अफ च्याम्पियन्सको उपाधिका लागि अल नासर र अल हिलाल आज आमने-सामने हुन लागेका हुन्।

अल हिलाल र अल नासर बीचको किङ कप अफ च्याम्पियन्सको फाइनल खेल किङ अब्दुल्ला स्पोर्ट्स सिटीमा हुनेछ। खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

अल हिलाल साउदी प्रो लिगको च्याम्पियन हो भने अल नासर उच्च प्रदर्शनका बाबजुत लिगमा दोस्रो भएको थियो। अल नासर आज पक्कै पनि जित निकाल्ने पक्षमा हुनेछ।

आजको खेल नजित्ने हो भने अल नासर यस सिजन उपाधि विहिन हुनेछ। यस सिजन अल नासर साउदी प्रो लिग अन्तर्गतका दुई मध्ये दुवै खेलमा अल हिलालसँग पराजित भएको थियो।

आज अल नासर दुवै हारको बदला लिने योजनामा हुनेछ। उता अल हिलाल भने आफ्नो उच्च लयलाई कायम राख्दै किङ कप अफ च्याम्पियन्सको उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्ने पक्षमा हुनेछ।

रोनाल्डो खेल्ने सम्भावना कति ?

आज अल हिलाल र अल नासर आमने-सामने हुँदा सबैको नजर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा हुनेछ। किनभने रोनाल्डो त्यस्ता खेलाडी हुन्, जो खेललाई जुनै पनि बेला उल्ट्याउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *