September 19, 2024

एजेन्सी – जर्मन च्याम्पियन बायर लेभरकुसेनका मुख्य प्रशिक्षक जाबी अलोन्सो युरोपको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। एक अवार्ड कार्यक्रमका क्रममा बायर लेभरकुसेनका मुख्य प्रशिक्षक जाबी अलोन्सो युरोपको उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।

वार्षिक समारोहमा ग्लोब सकर अवार्डद्वारा युरोपमा उत्कृष्ट अलोन्सोलाई अवार्ड दिइयो। उत्कृष्ट युरोपियन प्रशिक्षकको अवार्ड जित्नेक्रममा उनले कयौं उत्कृष्ट प्रशिकहरुलाई पछि पारे।

रुबेन अमोरिम (स्पोर्टिंग), कार्लो एन्सेलोटी (रियल), मिकेल अर्टेटा (आर्सनल), जियान पिएरो ग्यास्पेरिनी (एटलान्टा), पेप गार्डियोला (म्यानचेस्टर सिटी), सिमोन इन्जाघी (इन्टर), मिशेल सान्चेज (गिरोना), थियागो मोटा (बोलोग्ना), र जाभी (बार्सिलोना) यस अवार्ड जित्ने दौडमा थिए।

जाबीले लेभरकुसेनलाई यस सिजन पहिलो पटक बुन्डेसलिगा उपाधि दिलाए। अहिले सम्म लेभरकुसेनले बुन्डेसलिगाको उपाधि जित्न सकेको थिएन। तर यस सिजान लेभरकुसेनले अपराजित रहँदै बुन्डेसलिगा जित्यो।

अहिले सम्म आर्सनल र युभेन्टसले मात्रै अपराजित रहेर लिग जित्न सकेका छन्। साथै लेभरकुसेनले यस सिजन जर्मन कप पनि जित्यो। लेभरकुसेन युरोपा लिगको फाइनलमा भने पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *