September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार फ्रेन्च स्टार किलियन एम्बाप्पेले आफ्नो नयाँ क्लबको घोषणा गर्न अनुमति पाएका छन्। नयाँ गन्तव्य तर्फ अगाडी बढ्ने निर्णय गरिसकेका एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट नयाँ क्लबको घोषणा गर्ने अनुमति पाएका हुन्।

एम्बाप्पेले पिएसजीको बसाई सकाइसकेका छन्। अब उनलाई पिएसजीले नयाँ क्लबको घोषणा गर्न अनुमति समेत दिएको छ। एम्बाप्पेले अब छिट्टै आफ्नो नयाँ क्लब सार्वजनिक गर्न सक्नेछन्।

एम्बाप्पे रियल म्याड्रिड आवद्ध हुने बाटोमा छन्। एम्बाप्पे र रियल बीच एक प्रकारको सहमति भैसकेको छ। दुई पक्ष बीच सम्झौता हुन मात्रै बाँकी छ।

अब सम्झौता पनि छिट्टै हुने बताइएको छ। एम्बाप्पेको रियल म्याड्रिड ट्रान्सफर युरो कप अगाडी नै घोषणा हुन सक्ने सम्भावना रहेको बताइएको छ। त्यसका लागि पिएसजीले अनुमति समेत दिसकेको छ।

यस खबरलाई ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। एम्बाप्पे आफैंले पनि आफू नयाँ क्लबको घोषणा गर्न आतुर रहेको बताइसकेका छन्।

“मेरो अर्को क्लब चाँडै आधिकारिक हुनेछ, यो केहि दिनको कुरा हो। म त्यसको लागि आतुर छु। म धेरै खुशी छु। हामीले केही दिन मात्र पर्खनु पर्नेछ।”,एम्बाप्पेले केहि दिन अगाडी भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *