September 19, 2024

एजेन्सी – पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी अरेबिया पुगेदेखि निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। उनले त्यहाँ रेकर्ड पछि रेकर्ड बनाइरहेका छन्।

व्यक्तिगत रुपमा उच्च प्रदर्शन गरेपनि उनले अल नासरबाट अहिले सम्म मात्र एक उपाधि जितेका छन्। रोनाल्डोले अल नासरबाट जितेको एक्लो उपाधि अरब च्याम्पियनसिप हो।

तर अल नासरका प्रतिद्वन्दी क्लब अल नासरका प्रशिक्षक भने सो उपाधिलाई खासै महत्वपूर्ण मान्दैनन्। प्रशिक्षक जर्ज जेससले हालसालै एक कुराकानीका क्रममा अरब च्याम्पियनसिप रिफ्रेसर प्रतियोगिता मात्र रहेको बताए।

उनले आफू सो प्रतियोगितालाई खासै महत्वपूर्ण नमान्ने संकेत गरे। उनका अनुसार सो प्रतियोगिता हुँदा अल हिलाल नयाँ सिजनको तयारीमा थियो।

“अरब च्याम्पियनसिप एक रिफ्रेसर प्रतियोगिता हो। हामीले अरब च्याम्पियनसिप गुमायौं किनभने हामी सिजनको तयारीमा थियौं।”,एक पत्रकार सम्मेलनका क्रममा उनले भने।

रोनाल्डो आफ्नो आगमन पछि साउदी प्रो लिग वा किंग्स कप जित्न असफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *