September 19, 2024

एजेन्सी – सन् २०२३-२४ को पहिलो उपाधि जित्नको लागि साउदी क्लब अल नासर आज एक्सनमा उत्रँदैछ। किङ कप अफ च्याम्पियन्सको उपाधिका लागि अल नासरले अल हिलालको सामना गर्न लागेको हो।

अल हिलाल र अल नासर बीचको किङ कप अफ च्याम्पियन्सको फाइनल खेल किङ अब्दुल्ला स्पोर्ट्स सिटीमा हुनेछ। खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

साउदी प्रो लिगको उपाधि दौडमा अल नासरलाई अल हिलालले पछि परेको थियो। अल नासर भन्दा १४ अंक अगाडी रहेर अल हिलाल च्याम्पियन बनेको थियो।

यस सिजन अल नासर साउदी प्रो लिग अन्तर्गतका दुई मध्ये दुवै खेलमा अल हिलालसँग पराजित भएको थियो। आज अल नासर दुवै हारको बदला लिने योजनामा हुनेछ।

रोनाल्डोलाई सूवर्ण अवसर

किङ कप अफ च्याम्पियन्सको उपाधि जित्न एक्सनमा उत्रिँदा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको नजर उपाधिमा मात्र हुने छैन, प्रतियोगिताको गोल्डेन बुटमा पनि हुनेछ।

प्रतियोगितामा रोनाल्डोले ३ गोल गरेका छन्। प्रतियोगिताको गोल्डेन बुट जित्नको लागि रोनाल्डोले अल नासरकै साडियो मानेलाई पछि पार्नु पर्नेछ। माने मात्र एक गोलले रोनाल्डो भन्दा अगाडी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *