September 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी मेजर सकर लिग आवद्ध भए देखि नै निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। चोटले समय समयमा सताइरहेपनि मेस्सीले इन्टर मियामीलाई निरन्तर अगाडी बढाइरहेका छन्।

मेस्सीले यस सिजन इन्टर मियामीका लागि लगातार गोल गरिरहेका छन्। यस सिजन मेस्सीले मियामीका लागि मेजर सकर लिगमा १२ गोल गरिसकेका छन्।

सबै प्रतियोगिताको कुरा गर्ने हो भने मेस्सीले मियामीका लागि यस सिजन कुल १५ खेल खेलेका छन्। जसमा उनले कुल १४ गोल गरेका छन् भने १५ असिस्ट प्रदान गरेका छन्।

मेस्सी सन् २०२३ मा मियामी आवद्ध भएका थिए। मियामी पुगेपछि उनले गत सिजन लिग्स कप र मेजर सकर लिगमा क्रमशः १० र एक गोल सहित ११ गोल गरेका थिए।

मियामी पुगेपछि मेस्सीले अहिले सम्म कुल २५ गोल गरिसकेका छन्। यसको अर्थ अब छिट्टै मियामीको इतिहाँसमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बन्न सक्नेछन्।

मियामीको इतिहाँसमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको रुपमा गोन्जालो हिगुइन रहेका छन्। उनले मियामीका लागि आफ्नो करियरमा २९ गोल गरेका थिए। अब चार गोल गरेको खण्डमा मेस्सीले गोन्जालो हिगुइनसँग बराबरी गर्नेछन् भने ५ गोल गरे गोन्जालो हिगुइनलाई उछिन्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *