September 19, 2024

एजेन्सी – साउदी क्लब अल नासरले सिजनको एक मात्र उपाधि जित्ने अवसर गुमाएको छ। सन् २०२३-२४ को सिजनको अन्तिम खेलमा पराजित भएसंगै अल नासर उपाधि विहिन हुने पक्का भएको हो।

शुक्रबार राति अल नासर अल हिलालसँग पेनाल्टी सुटआउटमा पराजित भयो। ९ खेलाडीमा समेटिएको अल हिलाल १० खेलाडीमा समेटिएको अल नासर विरुद्ध पेनाल्टी सुटआउटमा ५-४ ले विजयी हुँदै किङ्स कपको च्याम्पियन बन्यो।

खेलको सातौं मिनेटमा एलेक्सान्दर मित्रोभिचको गोलबाट अल हिलालले अग्रता पाएको थियो। त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल हुन सकेनन्।

खेलको ५६ औं मिनेटमा अल नासर १० खेलाडीमा समेटिन पुग्यो। त्यसबेला अल नासरका गोलरक्षक डेभिड ओस्पिना सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

८७औं मिनेटमा अल हिलाल पनि १० खेलाडीमा समेटियो। खेलको ८८ औं मिनेटमा एमन अहमेदले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए। ९०औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटियो।

९ खेलाडीमा समेटिएको अल हिलाल विरुद्ध अल नासरले खासै दबाब बनाउन सकेन। फलस्वरूप खेल सडन डेथमा पुग्यो। जहाँ अल हिलाल ५-४ को गोल अन्तरले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *