September 19, 2024

एजेन्सी – शुक्रबार राति साउदी हेभिवेट क्लबद्वय अल नासर र अल हिलाल आमने-सामने भए। किङ कप अफ च्याम्पियन्सको उपाधिका लागि अल हिलाल र अल नासर आमने-सामने हुँदा अल हिलाल विजयी भयो।

निर्धारित ९० मिनटको समयमा खेल बराबरीमा गएपछि खेल थप समयमा गयो। एक्स्ट्रा समयमा पनि खेल १-१ को बराबरीमै टुंगियो। जससंगै खेल पेनाल्टी सुटआउटमा गयो।

पेनाल्टी सुट आउटका क्रममा अल हिलाल ५-४ को गोल अन्तरले विजयी भयो। अल हिलाल च्याम्पियन बनेसंगै यस सिजन अल नासर उपाधि विहिन हुने पक्का भयो।

अल नासरले उपाधि जित्न नसक्दा क्लबका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो धेरै दुखि देखिए। उपाधि गुमाएपछि रोनाल्डोले आँसु थाप्न सकेनन्। उनी रोइरहेको भिडियो सामाजिक संजालमा देखिएको छ।

रोनाल्डोलाई टोलीका साथीहरू र कोचिङ स्टाफले उनलाई सान्त्वना दिएका थिए। अल नासरबाट यस सिजन कुनै उपाधि जित्न नसकेपनि व्यक्तिगत रुपमा रोनाल्डोले यस सिजन राम्रो प्रदर्शन गरे।

रोनाल्डोले यस सिजन सबै प्रतियोगितामा अल नासरका लागि ४५ खेल खेले। जसमा उनले ४४ गोल गर्दा १३ असिस्ट प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *