September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका दुई लेजेण्डले फ्रेन्च स्टार किलियन एम्बाप्पेको आगमनले रियल म्याड्रिडलाई अर्को च्याम्पियन्स लिग दिलाउने दावी गरेका छन्।

एम्बाप्पे र रियल म्याड्रिड बीच सम्झौता भएपछि मार्सेलो र इकर क्यासिलासले एमबाप्पेको रियल म्याड्रिड आगमनले क्लबलाई १६ औं च्याम्पियन्स लिग उपाधि दिलाउने भविष्यवाणी गरेका हुन्।

“संसारको उत्कृष्ट क्लबमा स्वागत छ!”,ट्वीटरमा एम्बाप्पेलाई ट्याग गर्दै इकर क्यासिलासले लेखेका छन्,”खुशी राम्रो छ भने यो कहिल्यै ढिलो हुँदैन। तिम्रो आगमन संगै १६ औं उपाधिको बाटो सुरु भयो।”

त्यस्तै मार्सेलो पनि त्यस्तै बताउँछन्। उनले सामाजिक संजालमा एम्बाप्पेको आगमनलाई संकेत गर्दै १६ औ उपाधि रियल आउने बताएका छन्। उनले लेखेका छन्,”१६ औं च्याम्पियन्स लिग आउँदैछ।”

एम्बाप्पे र रियलले भर्खरै सम्झौता भएको जानकारी सार्वजनिक गरेका छन्। तर एमबाप्पेलाई आइकोनिक म्याड्रिड किटमा पिचमा देख्न केही समय लाग्नेछ।

युरो कपका लागि एम्बाप्पे जुलाई सम्म व्यस्त रहनेछन्। उनी फ्रान्सबाट युरो कपको उपाधि जित्ने योजना सहित प्रतियोगितामा सामेल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *