September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका नयाँ स्टार किलियन एम्बाप्पेले हालैको सिजनमा धेरै कठिन समयहरुबाट गुज्रनु परेको खुलासा गरेका छन्।

स्पेनिस क्लब रियलसँग सम्झौता गरेपछि एक कुराकानीका क्रममा एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)को अन्तिम सिजनमा आफू कठिन समयबाट गुज्रिएको बताएका हुन्।

लक्जेम्बर्ग विरुद्ध फ्रान्सको मैत्रीपूर्ण अगाडी आयोजित पत्रकार सम्मेलनमा बोल्दै एम्बाप्पेले क्लब छाड्ने निर्णय पश्चात आफूलाई मुखैमा पिएसजीका लागि नखेलाउने भनिएको बताए।

तर प्रशिक्षक लुइस एनरिक र खेलकुद निर्देशक लुइस क्याम्पोसले आफूलाई बचाएको उनको भनाई छ। एम्बाप्पेले पत्रकार सम्मेलनका क्रममा दुवैलाई धेरै-धेरै धन्यवाद दिए।

“उनीहरुले मलाई मेरो मुखैमा अब खेल्न दिँदैनौं भनेका थिए। तर [मुख्य प्रशिक्षक] लुइस एनरिक र [खेलकुद निर्देशक] लुइस क्याम्पोसले मलाई बचाए। उहाँहरू नभएको भए म फेरि खेल पाउने थिइन। यो सत्य हो, र त्यसैले म प्रशिक्षक र खेल निर्देशकप्रति सधैं आभारी छु।”,एम्बाप्पेले भने।

एम्बाप्पेले गत समर ट्रान्सफर विन्डोमै आफू सम्झौता थप गर्ने पक्षमा नरहेको जानकारी पिएसजीलाई गराएका थिए। जसपश्चात पिएसजीका उच्च अधिकारीहरु उनीसँग रुष्ट भएका थिए।

पिएसजीले एम्बाप्पेलाई प्रिसिजन टोलीमा सहभागी समेत गराएको थिएन। तर पछि पिएसजी कम्जोर प्रदर्शन गर्न थालेपछि पिएसजीले एम्बाप्पेलाई टोलीमा फिर्ता बोलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *