September 19, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका सुपरस्टार केभिन डे ब्रुएनाले निकट भविष्यमा साउदी अरब जाने सम्भावित ढोका खोलेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार केभिन डे ब्रुएनाले साउदी अरब जाने सम्भावित ढोका खोलेका हुन्।

युरोस्पोर्टका अनुसार साउदीले केभिन डे ब्रुएनालाई अनुबन्ध गर्न चासो राखेको छ र म्यानचेस्टर सिटीका भित्र्याउने सम्भावनाको खोजी गरिरहेको छ। यस्तोमा ब्रुएनालाई साउदी जान सक्ने सम्भावनाहरु बारे प्रश्न गरिएको थियो।

सो प्रश्नको जवाफ दिनेक्रममा ब्रुएनाले साउदीमा उच्च पारिश्रमिक पाउने हुँदा त्यसबारे सोच्न पर्ने बताए। क्यारियरको अन्तिम चरणमा अविश्वसनीय पारिश्रमिकका बारेमा सोच्न पर्ने उनको भनाई छ।

“साउदी ? यो उमेरमा सबै कुराका लागि खुला हुनु पर्छ। मेरो क्यारियरको अन्तिम चरणमा अविश्वसनीय रकमको बारेमा कुरा हुँदैछ। पक्कै पनि मैले यस बारे सोच्नु पर्नेछ।”,ब्रुएनाले भने।

ब्रुएनाको म्यानचेस्टर सिटीसँगको सम्झौतामा एक वर्ष मात्र बाँकी रहेको छ। ट्रान्सफरमार्कटका अनुसार, उनको सम्झौता जुन २०२५ मा समाप्त हुनेछ।

जस कारण सिटीले उनलाई एक सिजन अगाडी नै बिक्री गर्न सक्छ। यसको अर्थ उनी यस समर ट्रान्सफर विन्डोमा साउदी पुग्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *