September 20, 2024

एजेन्सी – डा. रोब विल्सनले गरेको दावीलाई मान्ने हो भने आफ्नो करियरको अन्त्य सम्म फ्रेन्च स्टार किलियन एम्बाप्पे अर्बपति बन्न सक्छन्। एक कुराकानीका क्रममा डा. रोब विल्सनले एम्बाप्पे करियरको अन्त्य सम्म अर्बपति बन्ने बताएका हुन्।

ओएलबीजीसँग कुरा गर्दै विल्सनले एमबाप्पे खेलको इतिहासमा सबैभन्दा धनी फुटबलर बन्न सक्ने दाबी गरे। आर्थिक विज्ञले फ्रान्सेली खेलाडीले आफ्नो करियरको अन्त्यसम्म लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा धेरै कमाउन सक्ने बताए।

“एम्बाप्पेसँग अर्बपति बन्ने क्षमता छ। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै एम्बाप्पे सबैभन्दा धनी फुटबलर बन्न सक्छन्। मेजर सकर लिगसँग सम्झौता गरेका मेस्सीलाई पछि पार्न केहि समय त लाग्नेछ। तर एम्बाप्पेले मेस्सी र रोनाल्डो दुवैलाई पछि पार्न सक्छन्।”,डा. रोब विल्सनले भने।

त्यसक्रममा डा. रोब विल्सनले फुटबल करियर पश्चात पनि मेस्सी र रोनाल्डो आम्दानी गर्न सक्षम हुने बताउन छुटाएनन्। तर आम्दानिको मामलामा मेस्सी र रोनाल्डोलाई पछि पार्न एम्बाप्पेसँग समय रहेको उनको भनाई छ।

उनले भने,”रोनाल्डो र मेस्सी दुबैले आफ्नो खेलका दिनहरू पछि पनि बढी आम्दानी गर्न सक्षम हुनेछन्। उनले आफ्नो करियरमा रोनाल्डो र मेस्सी दुवैले गरेका उपलब्धिहरू हासिल गरेका छैनन्। तर आम्दानिको मामलामा दुवैलाई पछि पार्न उनीसँग समय छ।”

एमबाप्पे पेरिस सेन्ट-जर्मेन हुँदा सबैभन्दा धेरै कमाउने खेलाडी मध्येका एक थिए। पिएसजीमा हुँदा उनको पारिश्रमिक वार्षिक ७२ मिलियन युरो थियो। तर रियल आएपछि भने उनले त्यसबराबर पारिश्रमिक पाउने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *