एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी मेजर सकर लिगमा निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। मेजर सकर लिगमा इन्टर मियामीका लागि उच्च प्रदर्शन गर्दै सबैलाई चकित बनाइरहेका छन्।
सन् २०२४ को सिजन सुरु भएयता उनले विभिन्न रेकर्डहरु बनाइसकेका छन्। पछिल्लो पटक मेस्सीले दुर्लभ रेकर्ड आफ्नो नाम गराएका छन्। मियामीको पछिल्लो खेलमा गोल गरेसंगै मेस्सीले नयाँ रेकर्ड बनाएका हुन्।
आइतबार बिहान मियामीले सेन्ट लुइस सिटीको सामना गरेको थियो। सो खेल ३-३ को बराबरीमा रोकिएको थियो। सो खेलमा मेस्सीले पनि गोल गरेका थिए।
सो गोल संगै मियामीका लागि यस सिजन मेस्सीको संख्या मेजर सकर लिगमा १२ पुगेको छ। त्यस्तै मेस्सीले मियामीका लागि मेजर सकर लिगमा १३ असिस्ट पनि दिएका छन्।
यस सिजन मेस्सीले कुल २५ गोलको योगदान दिसकेका छन्। जससंगै मेस्सी मेजर सकर लिग क्लबका लागि सबै भन्दा छिटो २५ होल योगदान पूरा गर्ने खेलाडी बनेका छन्।
मेस्सीले २५ गोलको योगदान दिनलाई मात्र १२ खेल लगाए। लस एन्जलस एफसिका लागि पूर्व आर्सनल फरवार्ड कार्लोस भेलाले १६ खेलमा २५ गोलको योगदान दिएका थिए।
✨ Messi keeps making history in MLS! With a goal and assist during the weekend, he became the fastest to reach 25 goal contributions in just 12 games! 🐐 pic.twitter.com/msuQaLJwNZ
— Inter Miami CF (@InterMiamiCF) June 4, 2024