September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार टर्किस शीर्ष डिभिजनको क्लब फेनरबाचे साउदी क्लब अल नासरका ब्राजिलियन स्टार टालिस्कालाई भित्र्याउन इच्छुक देखिएको छ।

केहि दिन अगाडी मात्रै क्लबको प्रशिक्षकमा जोसे मोउरिन्होलाई नियुक्त गरेको फेनरबाचेले साउदी क्लब अल नासरका ब्राजिलियन स्टारलाई भित्र्याउन चाहेको दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

३० वर्षीया ब्राजिलियन स्टारले साउदी लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग राम्रो सहकारी गरिरहका छन्। रोनाल्डो र टालिस्का बीचको सहकार्यले अल नासरलाई ५१ गोल दिलाइसकेको छ।

यस सिजन टालिस्काले अल नासरका लागि सबै प्रतियोगितामा कुल २५ खेल खेले। यस सिजन उनले कुल २९ गोलको योगदान दिए। जसमा २५ गोल र ४ असिस्ट छन।

फेनरबाचे जोसे मोउरिन्होलाई भित्र्याएपछि टालिस्कालाई भित्र्याउन चाहेको बताइएको छ। मोउरिन्हो समेत टालिस्कालाई आफ्नो टोलीमा थप्न इच्छुक रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *