September 19, 2024

एजेन्सी – युरो कप अगाडीको अन्तिम मैत्रीपूर्ण खेलका लागि पोर्चुगलको राष्ट्रिय फुटबल टोली आज एक्सनमा उत्रँदैछ। आज पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ।

पोर्चुगल र क्रोएसिया बीचको खेल पोर्चुगलको नेसनल स्पोर्ट्स सेन्टर अफ जामोरमा हुनेछ। खेल नेपाली समय अनुसार आज राति १० बजेर ३० मिनेटमा सुरु हुनेछ।

रोनाल्डो खेल्ने सम्भावना कति ?

पोर्चुगलले यस अगाडी मैत्रीपूर्ण खेलमा फिनल्याण्डको सामना गरेको थियो। सो खेलमा टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो थिएनन्। सो खेल पोर्चुगलले ४-२ को गोल अन्तरले जितेको थियो।

रोनाल्डोको अनुपस्थितिमा रुबेन डियास, डिएगो जोटा र ब्रुनो फर्नान्डेसले गोल गरेका थिए। ब्रुनो फर्नान्डेसले दुई गोल गर्न सफल भएका थिए। आज पनि रोनाल्डो खेल्ने छैनन्।

पोर्चुगल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले खेल अगाडी रोनाल्डो नखेल्ने स्पष्ट पारे। उनका अनुसार रोनाल्डोले टोलीसँग प्रशिक्षण गरेपनि क्रोएसिया विरुद्ध भने नखेल्ने बताए।

“क्रिस्टियानो रोनाल्डोले आज प्रशिक्षण गर्न सक्छन् तर क्रोएसियासँग खेल्ने छैनन्।”,उनले भने। साउदी अरबमा सिजन सकिएपछि रोनाल्डो आफ्नो परिवारसँग छुट्टीमा गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *