September 20, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले कोपा अमेरिका लियोनेल मेस्सीका लागि अन्तिम प्रतियोगिता नहुने बताएका छन्। एक कुराकानीका क्रममा मार्टिनेजले कोपा अमेरिका पछि पनि मेस्सीले अर्जेन्टिनाका लागि खेल्ने बताएका हुन्।

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनका क्रममा मार्टिनेजले मेस्सी धेरै शान्त रहेको र दिनहुँ रमाइलो गरिरहेको बताए। उनका अनुसार अर्जेन्टिनी टोलीका सबै सदस्यको मेस्सीसँग राम्रो सम्बन्ध छ।

“उनी धेरै शान्त छन्। सबै भन्दा महत्वपूर्ण कुरा उनी दिनहुँ रमाइलो गरिरहेका छन्। उनी यहाँ हुनु हामी सबैका लागि राम्रो कुरा हो। हामी सबैको राम्रो सम्बन्ध छ”,मार्टिनेजले भने।

त्यसक्रममा उनले मेस्सी प्रभावशाली स्तरमा रहेको बताउन पनि छुटाएनन्। उनले भने,”हामी कोपा अमेरिकालाई अर्जेन्टिनासँग उनको अन्तिम प्रतियोगिताको रुपमा हेर्दैनौं। हामी उहाँलाई खुसी र प्रभावशाली स्तरमा देख्छौं”

अर्जेन्टिनाका प्रशिक्ष स्कालोनीले पनि यस्तै सन्देश साझा गर्दै मेस्सीलाई राष्ट्रिय कहिले बिदाइ गर्ने भन्ने कुरामा आफूहरुले ध्यान केन्द्रित नगरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *