September 19, 2024

एजेन्सी – युरो कप अगाडी पोर्चुगल पराजित भएको छ। युरो कप अगाडीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल क्रोएसियासँग शनिबार राति पराजित भएको हो।

पोर्चुगलमा भएको खेलमा पोर्चुगललाई क्रोएसियाले २-१ को गोल अन्तरले पराजित भए। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा पोर्चुगल हार्न पुग्यो।

पोर्चुगलको नेसनल स्पोर्ट्स सेन्टर अफ जामोरमा पोर्चुगलले बलमा कुल ५५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पोर्चुगलको तर्फबाट कुल १५ प्रहार भएका थिए।

त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए। क्रोएसियाको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ७ प्रहार टार्गेटमा थिए। त्यसमध्ये २ प्रहार गोलमा परिणत भएका थिए।

खेलको ८ औं मिनेटमै लुका मोड्रीचको गोलबाट क्रोएसियाले अग्रता पाएको थियो। उनले पेनाल्टीमा गोल गरेका थिए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेनन्।

खेलको ४८ औं मिनेटमा डिएगो जोटाले गोल गरेसंगै पोर्चुगल खेलमा फर्कियो। खेलको ५६ औं मिनेटमा एन्टे बुडिमिरले गोल गरेपछि क्रोएसियाले २-१ को अग्रता पायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *