September 19, 2024

एजेन्सी – शनिबार राति पोर्चुगलले युरो कप अगाडीको मैत्रीपूर्ण खेलमा क्रोएसियाको सामना गर्यो। खेल घरेलु मैदानमा भएपनि पोर्चुगल २-१ को गोल अन्तरले पराजित हुन पुग्यो।

बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा पोर्चुगल हार्न पुग्यो। पोर्चुगलको नेसनल स्पोर्ट्स सेन्टर अफ जामोरमा पोर्चुगलले बलमा कुल ५५ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पोर्चुगलको तर्फबाट कुल १५ प्रहार भएका थिए।

त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए। क्रोएसियाको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ७ प्रहार टार्गेटमा थिए। त्यसमध्ये २ प्रहार गोलमा परिणत भएका थिए।

शनिबार पोर्चुगलको टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो थिएनन्। साउदी प्रो लिगको अन्त्य पछि छुट्टीमा गएका रोनाल्डोलाई पोर्चुगलले क्रोएसिया विरुद्धको खेलमा आराम दिएको हो।

रोनाल्डो नहुँदा पोर्चुगल पराजित भएपछि सामाजिक संजालमा विभिन्न प्रकारका टिप्पणीहरु गरिएका छन्। केहिले रोनाल्डो बिना पोचुगल क्रोएसियाका अगाडी कम्जोर देखिएको बताएका छन् भने केहिले पोर्चुगलको टोलीलाई रोनाल्डोले बोकिरहेको टिप्पणी गरेका छन्।

एक सामाजिक संजालमा लेख्छन्,”पोर्चुगललाई रोनाल्डोले बोकेर युरो कप पुर्याएका थिए। रोनाल्डो बिना पोर्चुगल ठूला टोली विरुद्ध कम्जोर नै देखिन्छ।”

अर्का एक लेख्छन्,”पहिलो हाफमा पोर्चुगलको शून्य शटहरू थिए। क्रिस्टियानो रोनाल्डो बिना पोर्चुगल के हो भन्ने कुरा थाहा भयो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *