September 19, 2024

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको अल-नासरले यस गर्मीमा डेभिड ओस्पिनाको स्थानमा लियोनेल मेस्सीको अर्जेन्टिनाका साथी एमिलियानो मार्टिनेजलाई अनुबन्ध गर्न सक्छ।

म्यानचेस्टर सिटीका गोलकिपर एडरसनलाई प्राप्त गर्न नसकेको खण्डमा अल नासरले प्रिमियर लिग क्लब एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई भित्र्याउने योजना बनाएको बताइएको छ।

क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको गोल्डेन बुट जित्दा अल-नासरको अभियान अविस्मरणीय रह्यो। ३९ वर्षिय खेलाडीले ३१ लिग खेलमा ३५ गोल र ११ असिस्ट सहित अब्देरजाक हमदल्लाहको ३३ गोलको सर्वकालीन कीर्तिमान तोडे।

तर रोनाल्डोको उच्च प्रदर्शनका बाबजुत अल नासरले कुनै पनि उपाधि जित्न भने सकेन। आगामी सिजन उपाधि जित्ने योजना सहित अल नासरले विभिन्न खेलाडी भित्र्याउने योजना बनाएको छ।

अल नासर कुनै पनि हालतमा नयाँ गोलरक्षक भित्र्याउन चाहन्छ। सिटीका ब्राजिलियन गोलरक्षक एडरसनलाई भित्र्याउन नसकेको खण्डमा मार्टिनेजलाई भित्र्याउने पक्षमा रहेको विभिन्न खेल मिडियाहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *