September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार फ्रेन्स स्टार किलियन एम्बाप्पे फ्रान्ससँगको एक खेल गुमाउने भएका छन्। एम्बाप्पेले युरो कप अगाडीको मैत्रीपूर्ण खेल गुमाउने भएका हुन्।

एम्बाप्पेको ढाडमा समस्या देखिएको र उनले क्यानाडा विरुद्धको खेल गुमाउने विभिन्न खेल मिडियाहरुले जनाएका छन्। क्यानाडा विरुद्धको खेल गुमाएपनि उनी युरो कपमा सहभागी हुने बताइएको छ।

खबर अनुसार एमबाप्पेले शनिबार आफ्ना बाँकी फ्रान्सेली टोलीका साथीहरूसँग प्रशिक्षण सत्रमा सहभागिता जनाएनन्। उनलाई सावधानीका रूपमा प्रशिक्षण सत्रमा सहभागी नगरिएको फ्रेन्च पत्रिका ले इक्विपले जनाएको छ।

अन्तिम समयमा एम्बाप्पेलाई खेलाउने निर्णय हुन सक्ने भएपनि एम्बाप्पेलाई क्यानाडा विरुद्धको खेलमा आराम दिन सकिने ले इक्विपले आफ्नो समाचारमा दावी गरेको छ।

युरो २०२४ मा फ्रान्सले जुन १७ मा अस्ट्रिया विरुद्ध खेल्नेछ। फ्रान्स युरो २०२४ जित्ने दावेदार मध्येको एक हो। डिडियर डेसच्याम्प्सको टोली पोल्याण्ड, नेदरल्याण्ड्स र अस्ट्रियासँगै कठिन समूह ‘डी’मा परेको छ।

एम्बाप्पेले केहि दिन अगाडी मात्रै फ्री एजेन्टको रुपमा स्पेनिस महारथी रियल म्याड्रिडसँग सम्झौता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *