September 20, 2024

एजेन्सी – ब्राजिलियन युवा प्रतिभा एन्ड्रिकले एकपटक पुनः सबैलाई चकित पारेका छन्। पछिल्लो समय कम उमेरमै उच्च प्रदर्शन गरिरहेका एन्ड्रिकले ब्राजिलका लागि खेल्दा सबैलाई चकित पारेका हुन्।

कोपा अमेरिका अगाडी ब्राजिलले आइतबार बिहान मेक्सिकोको सामना गर्यो। बराबरीमा सकिन लागेको खेलमा ब्राजिलले सानदार जित दर्ता गर्यो। ब्राजिलको जित पक्का गर्ने गर्नेमा एन्ड्रिकले महत्वपूर्ण भूमिका निभाए।

बेन्चबाट मैदान प्रवेश गरेका एन्ड्रिकले इन्ज्युरी समयको छैठौं मिनेटमा गोल गरेका थिए। उनको गोलको मद्दतमा ब्राजिलले मेक्सिको माथि ३-२ जित निकाल्यो।

वैकल्पिक खेलाडीको रुपमा उनले खेलको ६१ औं मिनेटमा मैदान प्रवेश गर्ने मौका पाएका थिए। उनी इभानिल्सनको स्थानमा मैदान प्रवेश गरेका थिए। उनले पाएको मौकालाई खेर जान दिएनन्।

इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल बेहोरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो। तर इन्ज्युरी समयको छैठौं मिनेटमा भिनिसियस जुनियरको पासमा उनले गोल गरे। जस पश्चात ब्राजिलको ३-२ को जित पक्का भयो।

रियल म्याड्रिडसँग सम्झौता गरिसकेका उनी निरन्तर चर्चामा छन्। मात्र १७ वर्षका उनले ब्राजिलियन क्लब पाल्मीरासका लागि निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन् भने ब्राजिलको टोलीका लागि पनि महत्वपूर्ण सावित हुने छनक देखाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *