September 20, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल हिलालका ब्राजिलियन स्टार नेयमारले यस पटकको बालोन डी’ओर ब्राजिलियन खेलाडीले जित्न सक्ने दावी गरेका छन्।

एक कुराकानीका क्रममा नेयमारले यस पटकको बालोन डी’ओर स्पेनिस महारथी रियल म्याड्रिडका ब्राजिलियन युवा स्टार भिनिसियस जुनियरले जित्न सक्ने दावी गरेका हुन्।

भिनिसियस जुनियरले स्पेनिस लिग जितेर र रियल म्याड्रिडसँग युइएफए च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि “स्पष्ट रूपमा” बालोन डी’ओर जित्न सक्ने नेयमारको दावी छ।

“स्पष्ट रूपमा बालोन डी’ओर भिनीको हो। म उनलाई समर्थन गर्छु। म पक्का छु कि उनले बालोन डी’ओर जित्नेछन्। उनी अविश्वसनीय छन्। उनले विश्वभर ब्राजिलको प्रतिनिधित्व गरेका छन्।”,नेयमारले भने।

रियलले पन्ध्रौं महाद्वीपीय उपाधि च्याम्पियन्स लिग जित्दा भिनिसियसले महत्वपूर्ण भूमिका निभाए। जसका कारण उनलाई च्याम्पियन्स लिगको सन् २०२३-२४ को सिजनको उत्कृष्ट खेलाडीको उपाधि दिइएको थियो।

रियल म्याड्रिडको रेकर्ड अनुसार यो सिजन उनले ३९ खेल खेलेका छन् र २४ गोल गरेका छन्। उनले उच्च प्रदर्शन गर्दा रियलले लालिगा उपाधि पनि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *