September 20, 2024

एजेन्सी – युरो कप अगाडीको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ। पछिल्लो मैत्रीपूर्ण खेलमा पराजित भएको पोर्चुगलले मंगलबार राति भने जित निकालेको हो।

पोर्चुगलमा भएको खेलमा पोर्चुगलले आयरल्याण्डलाई सहजै पराजित गर्यो। कप्तान क्रिस्टियानो रोनाल्डो चम्किँदा पोर्चुगल आयरल्याण्ड माथि ३-० को जित दर्ता गर्न सफल भयो।

पोर्चुगलले पछिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो। पहिलो हाफमा जोआओ फेलिक्सले गोल गरेका थिए भने दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरेका थिए।

पोर्चुगलले बलमा राम्रो नियन्त्रण राखेर आक्रमण गरेको थियो। खेलभर बलमा पोर्चुगलको ६९ प्रतिशत प्रतिशत नियन्त्रण थियो। पोर्चुगलको तर्फबाट कुल २० प्रहार भएका थिए। जसमद्ये ९ प्रहार टार्गेटमा थिए।

खेलको १८ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा फेलिक्सले गोल गरेसंगै पोर्चुगलले अग्रता पाएको थियो। त्यसपछि खेलको ५० औं मिनेटमा रोनाल्डोले गोल गर्दा पोर्चुगल २-० को अन्तरले अगाडी बढ्यो।

सो गोल रोनाल्डोले रुबेन ननेभेसको पासमा गरेका थिए। खेलको ६० औं मिनेटमा डिएगो जोटाको पासमा रोनाल्डोले गोल गरेसंगै पोर्चुगलको ३-० को जित पक्का भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *