December 23, 2024

एजेन्सी – फिफा विश्वकपबाट भारत बाहिरिएको छ। विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा पराजित भएसंगै भारत विश्वकप छनोटबाट बाहिरिएको हो।

विश्वकप छनोटको दोस्रो चरणको अन्तिम खेलमा भारत मंगलबार राति कतारसँग पराजित भयो। जसिम बिन हमाद स्टेडियममा भएको खेलमा कतार २-१ को गोल अन्तरले विजयी भयो।

कतारले खेलभर बलमा बढी नियन्त्रण राखेको थियो। खेलभर कतारको बलमा ५६ प्रतिशत नियन्त्रण थियो। कतारको तर्फबाट कुल १८ प्रहार भएका थिए। जसमध्ये ८ प्रहार टार्गेटमा थिए।

भारतको तर्फबाट भने कुल ९ प्रहार भएका थिए। जसमध्ये २ प्रहार टार्गेटमा हुँदा एक प्रहार गोलमा परिणत भएको थियो। भारतले पहिलो हाफमा अग्रता लिएपछि दोस्रो हाफमा दुई गोल बेहोरेको थियो।

खेलको ३७ औं मिनेटमा लल्लियांजुआला छाङ्तेले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। खेलको ७३ औं मिनेटमा यूसुफ आयमानले गोल गर्दा खेल बराबरीमा पुग्यो।

खेलको ८५ औं मिनेटमा अहमद अल-रवीले गोल गरेसंगै कतारले खेल जितेको थियो। भारत समूहमा तेस्रो हुँदै बाहिरियो भने कतार समूह विजेता बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *