September 20, 2024

एजेन्सी – कोपा अमेरिका प्रतियोगिता केहि दिनमै सुरु हुँदैछ। प्रतियोगिता अगाडी सबै टोली आफ्नो-आफ्नो तयारीमा जुटिसकेका छन्। कोपा अमेरिका अगाडी डिफेन्डिङ च्याम्पियन शनिबार बिहान एक्सनमा उत्रँदैछ।

अर्जेन्टिना शनिबार बिहान कोपा अमेरिका अगाडीको अन्तिम खेलका लागि एक्सनमा उत्रन लागेको हो। अर्जेन्टिनाले शनिबार बिहान ग्वाटेमालाको सामना गर्नेछ।

अर्जेन्टिना र ग्वाटेमाला बीचको खेल अमेरिकाको फेडेक्स स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार शनिबार बिहान ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

शनिबार बिहान अर्जेन्टिना जित निकाल्दै कोपा अमेरिका तर्फ अगाडी बढ्ने योजनामा हुनेछ। कोपा अमेरिका अगाडीको पछिल्लो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले केहि दिन अगाडी इक्वेडरको सामना गरेको थियो।

सो खेलमा अर्जेन्टिना १-० को गोल अन्तरले विजयी भएको थियो। सो खेलमा लियोनेल मेस्सी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। ग्वाटेमाला विरुद्ध भने मेस्सी सुरुवाती खेलाडीको रुपमा एक्सनमा उत्रिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *