September 19, 2024

एजेन्सी – मेजर सकर लिगमा इन्टर मियामीले महत्वपूर्ण जित दर्ता गरेको छ। स्टार खेलाडीहरु बिना उत्रिएको मियामीले आइतबार बिहान महत्वपूर्ण जित दर्ता गरेको हो।

मियामीले आइतबार बिहान फिलाडेल्फिया युनियनलाई २-१ को गोल अन्तरले पराजित गर्यो। दोस्रो हाफमा ९ खेलाडीमा समेटिएरपनि मियामीले जित निकाल्यो।

खेलको तेस्रो मिनेटमै माइकल उहरेको गोलबाट घरेलु टोली फिलाडेल्फियाले अग्रता पाएको थियो। त्यसपछि दुवै टोलीबाट पहिलो हाफमा थप गोल हुन सकेनन्।

तर दोस्रो हाफको सुरुवाती समयमै मियामीले बराबरी गोल फर्कायो। सो गोल खेलको ४७ औं मिनेटमा जुलियन ग्रेसलले गरेका थिए। खेलको ६८ औं मिनेटमा मियामी १० खेलाडीमा समेटिन पुग्यो।

डेभिड रुइज रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए। खेलको ८० औं मिनेटमा मियामीले अर्का खेल गुमायो। तर खेलको इन्ज्युरी समयको चौथो मिनेटमा लियो अफोन्सोले गोल गर्दा मियामी २-१ ले अगाडी बढ्यो।

आइतबार बिहानको खेलमा लियोनेल मेस्सी र लुइस सुआरेज जस्ता खेलाडी थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *