September 19, 2024

एजेन्सी – स्पेनका युवा स्टार लामिन यामलले दुर्लभ रेकर्ड बनाएका छन्। युरो कप २०२४ को पहिलो खेलमा स्पेनका लागि सानदार प्रदर्शन गरेका यामलले एक साथ दुई रेकर्ड बनाएका हुन्।

युरो कपको पहिलो खेलमा स्पेनले शनिबार राति क्रिएसियाको सामना गर्यो। सो खेलमा स्पेनले यामललाई सुरुवात ११ मा राखेर खेलाएको थियो। मैदान टेक्ने बितिकै यामल युरो कप खेल्ने सबै भन्दा कान्छा खेलाडी बने।

उनले युरो २०२० मा पोल्याण्डका काकपर कोज्लोस्की (१७ वर्ष २४६ दिन) को उमेरमा बनाएर रेकर्ड तोडे। स्पेनका लागि युरो कप डेब्यू गर्दा यामल शनिबार १६ वर्ष ३ सय ३८ दिनका थिए।

उनले स्पेनका लागि युरो डेब्यू मात्र गरेनन्, सानदार प्रदर्शन पनि गरे। उनले क्रोएसिया विरुद्ध एक असिस्ट पनि निकाले। उनले स्पेनको दोस्रो गोलका लागि फाबियन रुइजलाई असिस्ट प्रदान गरेका थिए।

जससंगै उनले अर्को रेकर्ड पनि बनाए। उनी युरो कपमा असिस्ट प्रदान गर्ने सबै भन्दा कान्छा खेलाडी बने। यामलको प्रदर्शनले पछिल्लो समय धेरैलाई चकित बनाइरहेको छ।

बार्सिलोनाको एकेडेमीबाट माथि उठेर यामलले सिनियर टोलीमा स्थान बनाएका थिए। बार्सिलोनाका लागि निरन्तर उच्च प्रदर्शन गर्न थालेपछि उनले स्पेनको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *