एजेन्सी – जर्मनीमा जारी युरो कपमा इङ्ल्याण्डले विजयी सुरुवात गरेको छ। जर्मनीमा जारी युरो कपको पहिलो खेलमा इङ्ल्याण्डले महत्वपूर्ण जित निकालेको हो।
आइतबार राति भएको खेलमा इङ्ल्याण्डले सर्बियालाई १-० को गोल अन्तरए पराजित गर्यो। इङ्ल्याण्डको जितमा युवा स्टार जुड बेलिङ्घमले निर्णायक भूमिका निभाए।
जुड बेलिङ्घमले खेलको १३ औं मिनेटमा गोल गरेका थिए। उनको गोल पश्चात दुवै टोलीहरुबाट थप प्रयास भएपछि थप गोल हुन नसक्दा खेल १-० मा टुंगियो।
खेलभर बलमा इङ्ल्याण्डले बढी नियन्त्रण राखेको थियो। बलमा ५४ प्रतिशत नियन्त्रण राखेर इङ्ल्याण्डले मात्र ५ प्रहार गरेको थियो। जसमध्ये ३ प्रहार टार्गेटमा थिए। सर्बियाले भने खेलभर ६ प्रहार गरेको थियो।
नेदरल्याण्ड्स विजयी
नेदरल्याण्ड्सले युइएफए युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गतको नेदरल्याण्ड्सले पोल्याण्ड माथि २-१ को पुनरागमन जित दर्ता गरेको हो ।