September 19, 2024

एजेन्सी – सन् २०१६ को युरो कपको विजेता पोर्चुगलले आजबाट सन् २०२४ को युरोको यात्रा सुरु गर्दैछ। पोर्चुगलले जर्मनीमा जारी युरो कपको पहिलो खेलमा चेक रिपब्लिकको सामना गर्नेछ।

समूह ‘एफ’ मा रहेका पोर्चुगल र चेक रिपब्लिक बीचको खेल रेड बुल एरेना लाइपजिगमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

आजको खेल यता युरो कपमा चेक रिपब्लिक र पोर्चुगल बीचको सन् १९९६ यताको चौंथो भेट हुनेछ। यस अगाडीका तीन भेट मध्ये पोर्चुगलले २ खेलमा जित निकाल्दा चेक रिपब्लिकले एक खेलमा जित निकालेको छ।

युरो कप छनोटमा पोर्चुगलले शत प्रतिशत जित निकालेको थियो। युरो छनोटमा पोर्चुगलले सबै भन्दा बढी गोल गरेको थियो। उसले १० खेलमा ३६ गोल गरेको थियो।

त्यस्तै पोर्चुगलले मात्र २ गोल बेहोरेको थियो। आक्रमण र डिफेन्स दुवैमा अब्बल देखिएको पोर्चुगल युरो कपको उपाधि दाबेदार मध्ये एक हो। आज हुने खेलमा पोर्चुगल पक्कै पनि युरो कप छनोटको लयलाई कायम राख्ने योजनामा हुनेछ।

आज पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोका लागि हुने विशेष रहनेछ। किन भने उनी आफ्नो करियरको छैठौं युरो कप प्रतियोगिता खेल्दै हुनेछन्। अहिले सम्म कुनै खेलाडीले ६ पटक युरो कप खेलेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *