September 19, 2024

एजेन्सी – जर्मनीमा जारी युरो कपमा पोर्चुगलले सुखद सुरुवात गरेको छ। युरो कपको पहिलो खेलमा पोर्चुगलले मंगलबार राति सहज जित दर्ता गरेको हो।

गए राति भएको आफ्नो पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ गोलले जित निकाल्यो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपनि दोस्रो हाफमा भने तीन गोल भए।

खेलको ६२ औं मिनेटमा चेक रिपब्लिकले अग्रता लिएको थियो। सो गोल लुकास प्रोभोडले गरेका थिए। खेलको ६९ औं मिनेटमा खेल १-१ को बराबरीमा पुग्यो।

त्यसबेला चेक रिपब्लिकका रोबिन ह्रानकले आत्मघाती गोल गरेका थिए। त्यसपछि पोर्चुगलले निरन्तर गोल गर्ने प्रयास गर्यो। तर इन्ज्युरी समय भन्दा अगाडी गोल गर्न सकेन।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्रान्सिस्को कोन्सिकाओले गोल गरेसंगै पोर्चुगलको जित पक्का भयो।

जारी सिजनमा पोर्चुगल र चेक रिपब्लिक समूह ‘एफ’मा छन्। सोही समूहमा भएको अर्को खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *