एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ रेकर्ड बनाएका छन्। जर्मनीमा जारी युरो कपमा सहभागी भएसंगै रोनाल्डोले नयाँ र दुर्लभ रेकर्ड बनाएका हुन्।
मंगलबार राति पोर्चुगलले चेक रिपब्लिकको सामना गर्यो। जसमा पोर्चुगल २-१ को गोल अन्तरले विजयी भयो। चेक रिपब्लिक विरुद्ध मैदानमा उत्रने बितिकै रोनाल्डोको नाममा नयाँ रेकर्ड बन्यो।
उनी युरो कपमा सबै भन्दा बढी सहभागिता जनाउने खेलाडी बने। यस पटकको युरो कप रोनाल्डोका लागि छैठौं युरो प्रतियोगिता हो। अहिले सम्म कुनै पनि खेलाडीले ६ पटक युरो कपमा सहभागी भएको रेकर्ड छैन।
३९ वर्षिय खेलाडीले सन् २००४ को युरोमा पोर्चुगलका लागि पहिलो क्याप जितेका थिए । पूर्व रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड आइकन लुइस फिगोको नेतृत्वमा रहेको टोलीबाट उनले पोर्चुगलका लागि डेब्यू गरेका थिए।
त्यसबेला पोर्चुगलले फाइनलमा स्थान बनाएको थियो। तर फाइनलमा ग्रिससँग पराजित हुँदा पोर्चुगलले उपाधिबाट हात धुनु परेको थियो। रोनाल्डोले सन् २०१६ मा पोर्चुगलसँग युरो कप उपाधि जितेका थिए।