September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेका भाइ इथान एम्बाप्पेले पनि पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने भएका छन्। दाजु किलियनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरेको एक महिना नपुग्दै भाइ इथानले पनि पिएसजी छाड्ने भएका हुन्।

इथानले सामाजिक संजाल मार्फत पिएसजी छाड्ने घोषणा गरेका छन्। उनले सामाजिक संजाल मार्फत पिएसजीको बसाईलाई स्मरण गर्दै उनले क्लब र क्लब समर्थकलाई धन्यवाद दिएका छन्।

बाल्यकाल देखि समर्थन गरेको क्लबबाट बिदा हुन लागेको उल्लेख गर्दै इथानले एक राम्रो खेलाडी बन्नको लागि पिएसजीबाट धेरै राम्रो सहयोग पाएको बताएका छन्।

पिएसजीको एकेडेमीमा झन्डै सात वर्ष बिताएका उनले गत वर्ष पिएसजीको टोलीका लागि सिनियर डेब्यू गरेका थिए। दाजु एम्बाप्पे अन्यत्र लागेपछि अब उनी पनि अन्यत्र जानेछन्।

यधपी इथान स्पेनिस क्लब रियल म्याड्रिड भने जाने छैनन्। उनलाई फ्रेन्च क्लब लिलले भित्र्याउन चाहेको बताइएको छ।

 

View this post on Instagram

 

A post shared by Ethan Mbappe (@ethanmbappe)

Leave a Reply

Your email address will not be published. Required fields are marked *