September 19, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले आफ्नो करियरमा सबै भन्दा बढी प्रभाव पारेका चार कप्तानको नाम लिएका छन्। एक कुराकानीका क्रममा एम्बाप्पेले आफ्नो करियरमा सबै भन्दा बढी प्रभाव पारेका चार कप्तानको नाम लिएका हुन्।

फ्रान्सेली खेलाडीको सूचीमा लियोनेल मेस्सी र सर्जियो रामोस जस्ता सुपरस्टारहरू समावेश भएपनि उनले रियल म्याड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्।

ह्युगो लोरिसले सन् २०२२ फिफा विश्वकपपछि फ्रान्स राष्ट्रिय टोलीबाट सन्यास लिएपछि एमबाप्पेलाई कप्तानको आर्मब्यान्ड दिइएको थियो। एम्बाप्पेले एक कुराकानीका क्रममा आफू लियोनेल मेस्सी, नेयमार, सर्जियो रामोस र जियानलुइगी बुफोनबाट प्रेरित भएको बताए।

“म लियो मेस्सी, नेयमार, [सर्जियो] रामोस र [जियानलुइगी] बुफोनबाट प्रेरित भएको छु।”,एम्बाप्पेले भने।

एम्बाप्पेले सो कुराकानीमा रोनाल्डोको नाम नलिएपनि उनी रोनाल्डोका ठूला फ्यान हुन्। विभिन्न अन्तर्वार्ताहरुमा उनले रोनाल्डोलाई आदर्श खेलाडीको रुपमा चित्रण गर्ने गरेका छन्।

मेस्सीले बार्सिलोना, इन्टर मियामी र अर्जेन्टिना, ब्राजिलका लागि नेयमार, रियल मड्रिड, स्पेन र सेभिल्लाका लागि रामोस र युभेन्टस, पर्मा र इटालीका जियानलुइजी बुफोनले कप्तानी गरेका छन्।

नेयमारले ब्राजिलको कप्तानी गरिसकेका छन्। तर कप्तानको रुपमा उनले ब्राजिललाई कुनै उपाधि भने दिलाउन सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *