September 20, 2024

एजेन्सी – इंग्ल्याण्डका पूर्व प्रशिक्षक फाबियो क्यापेलीले फ्रेन्च स्टार किलियन एमबाप्पे युरो २०२४ को प्लेयर अफ द टुर्नामेन्ट बन्ने भविष्यवाणी गरेका छन् ।

एक कुराकानीका क्रममा क्यापेलीले जर्मनीमा जारी युरो २०२४ मा फ्रेन्च स्टार एम्बाप्पे प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट बन्ने भविष्यवाणी गरेका हुन्।

प्लेयर अफ द टुर्नामेन्ट बन्ने दौडमा जुड बेलिङ्घम समेत हुने भएपनि त्यसमा एम्बाप्पे अगाडी निस्किने उनको दावी छ। व्यस्त सिजनका लागि बेलिङ्घम केहि थाकेको उनले बताउन छुटाएनन्।

“मलाई लाग्छ प्लेयर अफ द टुर्नामेन्ट एम्बाप्पे बन्छन्। तर म बेलिङ्घम बनेको हेर्न चाहन्छु। किनभने मलाई मेरो दिमागमा रियल म्याड्रिडबाट सुरु भएको बेलिङ्घमको सिजन याद छ। अविश्वसनीय खेलाडी। तर अहिले उनी केहि थाकेका छन्।”,क्यापेलीले भने।

बोरुसिया डर्टमुन्डबाट सामेल भएपछि लिङ्घमले तुरुन्तै आफूलाई म्याड्रिडको प्रमुख खेलाडीको रूपमा स्थापित गरेका थिए। उनले ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्दा २३ गोल र १३ असिस्टको योगदान दिएका थिए।

त्यस्तै एम्बाप्पेले भने पिएसजीबाट छैठौं फ्रेन्च लिग वान उपाधि जितेका थिए। उनले लिगमा २७ सहित कुल ४४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *