September 20, 2024

एजेन्सी – विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) वरीयतामा नेपालको वरियतामा सुधार आएको छ। फिफाले बिहिबार सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो।

पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १ सय ७५ औँ स्थानमा पुगेको छ। यस अगाडी नेपाल नेपाल १ सय ७८ औँ स्थानमा थियो।

फिफा विश्वकप छनोट २०२६ एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो।

यस्तै फिफा वरियतामा भारतको अवस्था भने खस्किएको छ। भारत अहिलेको वरियतामा ३ स्थान तल झरेर १ सय २४ औं स्थानमा पुगेको छ। पछिल्लो वरियतामा पनि भारतको अवस्था खस्किएको थियो।

कुनै समयमा भारत शिर्ष १ सयमा अटाएको थियो। तर एसिया कप र विश्वकप छनोटमा कम्जोर प्रदर्शन गरेपछि भारतको वरियता निरन्तर खस्कँदै गएको हो।

वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । यस्तै वरीयतामा फ्रान्स दोस्रो, बेल्जियम तेस्रो, ब्राजिल चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा छन् । यसैगरी पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, क्रोएसिया र इटाली शीर्ष १० मा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *