September 20, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को पहिलो खेलमै जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले क्यानाडा माथि जित निकालेको हो।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानाडालाई २-० को गोल अन्तरले पराजित गर्न सफल भयो। पहिलो हाफमा कम्जोर प्रदर्शन गरेपनि दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै अर्जेन्टिनाले जित निकाल्यो।

मर्सिडीज बेन्ज स्टेडियममा भएको पहिलो हाफमा कुनै टोलीबाट गोल भएका थिएनन्। तर दोस्रो हाफमा भने अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरे।

खेलकको पहिलो गोल ४९ औं मिनेटमा अल्भारेजले गरेका थिए। लियोनेल मेस्सीको पासमा एलेक्सिस मक यालिस्टरले गोलरक्षकलाई छक्याएर दिएको पासलाई अल्भारेजले गोलपोस्ट तर्फ पठाएका थिए।

दोस्रो गोल खेलको ८८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरे। मेस्सीको सुन्दर थ्रु-पासमा उनले गोल गरेका थिए। यस जितसंगै ३ अंक जोडेर अर्जेन्टिना समूहको शिर्ष स्थानमा उक्लिएको छ।

अर्जेन्टिना रहेको समूह ए मा क्यानाडाका अलावा पेरू र चिली रहेका छन्। अर्जेन्टिनाले अब दोस्रो खेलमा बुधवार बिहान चिलीको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *