September 20, 2024

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको नाममा नयाँ रेकर्डहरु थप भएका छन्। अमेरिकामा जारी कोपा अमेरिकाको पहिलो खेल खेल्ने बितिकै विभिन्न रेकर्डहरु मेस्सीको नाममा थपिएका हुन्।

कोपा अमेरिका २०२४ को पहिलो खेलमा शुक्रबार बिहान अर्जेन्टिनाले क्यानडाको सामना गर्यो। क्यानडा विरुद्ध मेस्सी सुरु देखि अन्तिम सम्म खेले। मैदानमा उत्रिने बितिकै विभिन्न रेकर्डहरु बने।

के-के बने रेकर्ड ?

मेस्सी क्यानडा विरुद्ध मैदानमा उत्रिने बितिकै सबै भन्दा बढी कोपा अमेरिका प्रतियोगितामा सहभागी हुने खेलाडी बने। मेस्सी यस पटक सहित साथ् पटक कोपा अमेरिका प्रतियोगितामा सहभागी भएका छन्।

त्यस्तै मेस्सीले सबै भन्दा बढी कोपा अमेरिका खेल खेल्ने खेलाडीको रेकर्ड पनि बनाए। सात संस्करणमा मेस्सीले कुल ३५ पटक खेलिसकेका छन्।

यस्तै मेस्सीले क्यानडा विरुद्ध एक असिस्ट पनि दिएका थिए। एक असिस्ट प्रदान गर्ने बितिकै मेस्सी सात कोपा अमेरिका संस्करणमा असिस्ट प्रदान गर्ने खेलाडी बनेका छन्।

मेस्सीले सन् २००७ को कोपा अमेरिकामा १ असिस्ट प्रदान गर्दा २०११ मा ३ असिस्ट प्रदान गरेका थिए। सन् २०१५ मा ३, २०१९ मा एक, २०२१ मा ५ असिस्ट मेस्सीले प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *