September 19, 2024

एजेन्सी – अर्जेन्टिनी युवा स्टार कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडा विरुद्धको खेलको उत्कृष्ट खेलाडी बनेका छन्। कोपा अमेरिकाको पहिलो खेलमा सानदार प्रदर्शन गरेपछि उनी उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

अल्भारेजले क्यानडा विरुद्धको खेलमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। खेलकको पहिलो गोल ४९ औं मिनेटमा अल्भारेजले गरेका थिए। लियोनेल मेस्सीको पासमा एलेक्सिस मक यालिस्टरले गोलरक्षकलाई छक्याएर दिएको पासलाई अल्भारेजले गोलपोस्ट तर्फ पठाएका थिए।

सो गोलका अलावा खेलभर उनले उच्च प्रदर्शन गरेका थिए। जसकारण उनले सुपेरियर प्लेयर अफ द म्याचको अवार्ड हात पारे।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानाडालाई २-० को गोल अन्तरले पराजित गर्न सफल भयो। पहिलो हाफमा कम्जोर प्रदर्शन गरेपनि दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै अर्जेन्टिनाले जित निकाल्यो।

मर्सिडीज बेन्ज स्टेडियममा भएको पहिलो हाफमा कुनै टोलीबाट गोल भएका थिएनन्। तर दोस्रो हाफमा भने अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरे।

अर्जेन्टिना रहेको समूह ए मा क्यानाडाका अलावा पेरू र चिली रहेका छन्। अर्जेन्टिनाले अब दोस्रो खेलमा बुधवार बिहान चिलीको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *