एजेन्सी – जर्मनीमा जारी युरो कपको अर्को महत्वपूर्ण खेलका लागि पोर्चुगल आज राति एक्सनमा उत्रँदैछ। जारी प्रतियोगिताको दोस्रो खेलका लागि पोर्चुगल आज राति एक्सनमा उत्रन लागेको हो।
आज राति पोर्चुगलले टर्कीको सामना गर्नेछ। टर्की र पोर्चुगल बीचको खेल सिग्नल इडुना पार्कमा हुनेछ। समयको कुरा गर्ने हो भने खेल नेपाली समय अनुसार रातको ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
पोर्चुगल अहिले युरो कपको समूह ‘एफ’को दोस्रो स्थानमा छ भने टर्की शिर्ष स्थानमा रहेको छ। दुवै टोलीले यस अगाडी एक-एक जित निकालिसकेका छन्।
पोर्चुगलले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दा टर्कीले जर्जियालाई पराजित गरेको थियो। आज जित्ने टोली समूहको शिर्ष स्थानमा उक्लिनेछ।
रोनाल्डो खेल्ने सम्भावना कति ?
पक्कै पनि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो आज मैदानमा उत्रनेछन्। रोनाल्डोले सुरुवाती ११ को रुपमा टोलीमा स्थान बनाउने उच्च सम्भावना रहनेछ।
पहिलो खेलमा गोल गर्न नसकेपनि रोनाल्डो आज राति भन्दा सानदार प्रदर्शन गर्ने योजनामा हुनेछन्।