September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जर्मन क्लब बायर्न म्युनिखका जोशुआ किमिच भित्र्याउने दौडबाट ब्याक भएको छ।

प्लेटेनबर्गका अनुसार पिएसजीले केहि समय देखि किमिचलाई पछ्याइरहेको भएपनि अहिले आएर फ्रेन्च क्लब ब्याक हुन पुगेको छ। पिएसजी ब्याक भएपछि उनलाई भित्र्याउने दौडमा रहेका अन्य क्लबलाई राहत मिल्नेछ।

मिडफिल्डरको बायर्नमा सन् २०२४-२५ सिजनको अन्त्य सम्मका लागि मात्र सम्झौता छ। यस्तोमा बायर्नले मिडफिल्डरलाई सम्झौता सकिनु भन्दा एक सिजन अगाडी नै बिक्री गर्न सक्ने सम्भावना रहन्छ।

किमिच भित्र्याउने दौडमा क्याटलान क्लब बार्सिलोना समेत छ। बार्सिलोनाले उनलाई यस समर ट्रान्सफर विन्डोको मूख्य टार्गेट बनाइरहेको बताइएको छ।

किमिच सन् २०१५ देखि बभेरियन्ससँग छन् र क्लबका लागि ३ सय ९० खेल खेलेका छन्। यस बीचमा उनले बायर्नका लागि कुल ४२ गोल गर्दा १ सय ४ असिस्ट प्रदान गरेका छन्।

किमिच बहुमुखी छन् र फुल ब्याक र मिडफिल्डर दुवैको रूपमा खेल्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *