एजेन्सी – जर्मनीमा जारी युरो कपमा पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ। समूह चरणको दोस्रो खेलमा जित निकालेसंगै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश गरेको हो।
शनिबार राति पोर्चुगलले प्रतियोगिताको दोस्रो खेलमा टर्कीलाई पराजित गर्यो। पोर्चुगल ३-० को गोल अन्तरले जितेको खेलमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरेका थिए।
त्यस्तै एक गोल भने पोर्चुगलले उपहारमा पाएको थियो। खेलको २८औं मिनेटमा टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुगेको थियो।
रोनाल्डोको रेकर्ड
पोर्चुगलको तेस्रो गोलमा कप्तान क्रिस्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका निभाएका थिए। तेस्रो गोलका लागि रोनाल्डोले नै असिस्ट दिएका थिए। जोआओ क्यान्सेलोको थ्रु-पासमा बनेको मौकामा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजका लागि सहज मौका सिर्जना गर्दिएका थिए।
सो असिस्टसंगै रोनाल्डोको नाममा नयाँ रेकर्ड बनेको छ। रोनाल्डो युरोपियन च्याम्पियनशिपमा सबै भन्दा बढी असिस्ट प्रदान गर्ने खेलाडी बनेका छन्। रोनाल्डोले अहिले सम्म सात असिस्ट प्रदान गरेका छन्।
Cristiano Ronaldo has now provided more assists than any other player on record in European Championship history (7). 🫡#EURO2024 pic.twitter.com/f01y9EJ4wa
— Squawka (@Squawka) June 22, 2024