एजेन्सी – जर्मनीमा जारी युरो कपको समूह चरणको अन्तिम खेलका लागि फ्रान्स मंगलबार राति एक्सनमा उत्रँदैछ। समूह चरणको अन्तिम खेलमा फ्रान्सको भेट पोल्याण्डसँग हुनेछ।
फ्रान्स र पोल्याण्ड बीचको खेल सिग्नल इडुना पार्कमा हुनेछ। खेल नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
पोल्याण्ड युरो कपबाट बाहिरिसकेको छ भने फ्रान्स युरो कपको अन्तिम १६ प्रवेश गर्ने मुखमा छ। पोल्याण्डले यस प्रतियोगितामा दुई मध्ये दुवै खेलमा पराजय भोगिसकेको छ।
फ्रान्सले भने एक खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेलेको छ। मंगलबार फ्रान्स पक्कै पनि पोल्याण्डलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने योजनामा हुनेछ।
एम्बाप्पे खेल्ने सम्भावना कति ?
युरो कपको पहिलो खेलमा अस्ट्रिया विरुद्धको खेलमा घाइते भएका फ्रेन्च स्टार किलियन एम्बाप्पेले नेदरल्यान्ड्स विरुद्धको खेल गुमाएका थिए। सो खेलमा बेन्चमा रहेपनि उनले मैदान प्रवेश गरेका थिएनन्। मंगलबार भने एम्बाप्पेले फ्रान्सका लागि सुरुवात गर्न सक्छन्।