एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने क्रोएसियाली भेट्रान मिडफिल्डर लुका मोड्रिच रियल म्याड्रिडको नयाँ कप्तान बन्ने भएका छन्।
क्लबका कप्तान नाचो फर्नान्डेजले क्लब छाड्ने भएसंगै स्पेनिस महारथीले क्रोएसियाली भेट्रान मिडफिल्डर लुका मोड्रिचलाई नयाँ सिजनमा कप्तान बनाउने योजना बनाएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।
नाचो फर्नान्डेज यस गर्मीमा छोड्ने तयारीमा छन्। नाचो भर्खरै प्रमोट गरिएको साउदी प्रो लिग पक्ष अल-कादसियामा सामेल हुन तयार रहेको बताइएको छ।
अनुभवी मिडफिल्डर लुका मोड्रिचलाई उनको उत्तराधिकारीको रूपमा छानिएको कोपले जनाएको छ। ड्यानी कार्भाजल र लुकास भाज्क्वेजलाई उप-कप्तानको भूमिका दिया लागिएको खबर छ।
फर्नान्डेजले सन् २०१२ यता रियलका लागि ३६४ पटक खेलेका थिए। यस अवधिमा उनले आफ्नो ट्रफी संग्रहमा छ च्याम्पियन्स लिग, चार ला लिगा उपाधि र पाँच स्पेनिस सुपर कप उपाधि समावेश गरिसकेका छन्।